मंगलबार, वैशाख १८, २०८१

सिटिजन्स बैंकद्धारा डिजिटल दक्षिणा दिऊँ, क्यासव्याक लिऊँ योजना सार्वजनिक

नेपालखोज २०७७ कार्तिक ८ गते १९:४०

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले” डिजिटल दक्षिणा दिऊँ, क्यासव्याक लिऊँ” योजना सार्वजनिक गरेको छ । बैंकका ग्राहकहरुले मोबाइल बैकिङ्गमार्फत दशैमा दक्षिणा पठाउँदा २५ प्रतिसतसम्म क्यासब्याक प्राप्त गर्ने भएका छन् ।

बैंकका मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरुले दशैंको दिनदेखि द्वादशी सम्मतिन पटक गरी पाँच सय भन्दा बढी दक्षिणा पठाएमा सो क्यासब्याक प्राप्त गर्न सक्ने छन् । यसरी दक्षिणा पठाउँदा बिबरणमा भने “दक्षिणा” भनी खुलाउन पर्ने छ ।

महान चाड दशैलाई लक्षितगरि ल्याइएको यस योजनाबाट डिजिटल बैंकिङ्ग सभ्यताको विकास हुने र कोभिड नियन्त्रण बिरुद्धको यात्रामा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

बैकले देशैभरी फैलिएकाआफ्ना १११ वटा शाखा, ९९ वटा एटिएम. र १०४ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे छ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

प्रतिक्रिया