आइतबार, पुष ६, २०८२

लाइन विस्तारपछि गाउँ उज्यालो

नेपालखोज २०७७ कार्तिक ९ गते ८:५०

जाजरकोट । नलगाड नगरपालिका –८ हल्चौरमा विद्युत्को लाइन विस्तारसँगै गाउँ झिलिमिली भएको छ ।

यहाँका करिव ५०० घरधुरीले लाइन विस्तारसँगै विद्युत् सेवा पाएका छन् । नेपाल विद्युत् प्राधिकरणले ट्रान्समिटर, सांसद विकास कोषको आर्थिक सहयोगमा पोल तथा तार खरिद गरी लाइन विस्तार गरेपछि हल्चौर गाउँमा विद्युत् सेवा शुरु भएको हो ।

स्थानीय खुमाउरी खोला जलविद्युत् आयोजनाबाट उत्पादन गरिएको विद्युत् बढी भई खेर गएको अवस्थामा हल्चौरमा लाइन विस्तार गरी सो विद्युत् प्रयोग गरिएको छ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतको विशेष पहलमा हल्चौर गाउँमा विद्युतीकरण भएसँगै हल्चौरवासीहरु खुसी भएको नलगाड–८ का रामप्रसाद खत्रीले जानकारी दिए ।

अहिले गाउँमा वाइरिङको काम भइरहेको छ । मन्त्री बस्नेतकाअनुसार अहिले खुमाउरी खोलाबाट विद्युत् ल्याएर सञ्चालन गरे पनि केही महिनाभित्र केन्द्रीय लाइन विस्तार भइरहेकोले सोही लाइनमार्फत हल्चौरमा विद्युतीकरण गरिने बताए ।

प्रतिक्रिया