आइतबार, पुष ६, २०८२

भक्तपुरको खःमेय् जात्रा सम्पन्न

नेपालखोज २०७७ कार्तिक ९ गते १३:०१

भादगाउँ । बडादशैँको नवौँ दिन महानवमी पर्वका अवसरमा मनाइने भक्तपुरको परम्परागत ऐतिहासिक तथा साँस्कृतिक खःमेय् (राँगो) जात्रा आज बिहानै सम्पन्न गरेको छ । कोरोना भाइरसको महामारीले स्थानीयवासीको भीडभाड कम गर्ने उद्देश्यले आज बिहानै जात्रा सम्पन्न गरिएको हो ।

धार्मिक, साँस्कृतिक, र ऐतिहासिकरूपले अत्यन्त महत्वपूर्ण मानिने खःमेय्लाई महिषासुर दैत्यको प्रतीकका रूपमा मानी जात्रा मनाइने परम्परा रहेको छ । महानवमीको दिन त्रिपुरासुन्दरी प्रकट भई नवदुर्गा भवानीका रूपमा महिषासुरको वध गर्ने प्रचलित धार्मिक लोक मान्यताअनुरूप आज खःमेय् जात्रा मनाउने गरिएको इतिहास तथा संस्कृतिविद् प्रा. डा. पुरुषोत्तमलोचन श्रेष्ठले बताए ।

नवदुर्गा देवगृहमा राखिएका खःमेय्लाई तान्त्रिक विधिअनुरुप पूजाआजा गरी नवदुर्गा द्योःछे (देवगृह)बाट बाहिर निकाली दौडाएर ब्राह्मायणी पीठसम्म पुर्याइन्छ ।

प्रतिक्रिया