आइतबार, पुष ६, २०८२

प्रधानन्यायाधीश राणाको आग्रह : स्वास्थ्य मापदण्ड पालना गरी दशैं मनाउनुस्

नेपालखोज २०७७ कार्तिक १० गते ८:३२

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले विजयादशमी, शुभ–दीपावली, नेपाल संवत् तथा छठपर्वलगायतका चाडपर्वहरूको शुुभकामना दिएका छन् ।

बडादशैको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानन्यायाधीश राणाले पर्वहरूले मुलुकमा आइपर्ने विपत्ति र प्रतिकूलताहरूको सामना गर्ने सामथ्र्य प्रदान गर्नेमा विश्वास समेत व्यक्त गरेका छन् ।

हामी अहिले विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण उत्पन्न विषम र असहज परिस्थितिमा सामाजिक दुरी कायम गरी चाडपर्व मनाउन पनि उनले सबैमा आग्रह गरेका छन् ।

उनले शुभ–विजयादशमीलगायत आसन्न चाडपर्वहरूले सबैमा कोभिड–१९ लाई पराजित गर्ने शक्ति वा क्षमता प्रदान गरुन भन्ने कामना समेत गरेका छन् । साथै, यस अवसरमा कोरोना भाइरसबाट सङ्क्रमित स्वदेश तथा विदेशमा रहेका नेपालीको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन् ।

प्रतिक्रिया