आइतबार, पुष ६, २०८२

यस वर्ष नेकपाको चियापान नहुने

नेपालखोज २०७७ कार्तिक ११ गते १४:१८

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैं, तिहार, नेपाल सम्बत र छठका अवसरमा आयोजना गर्दै आएको चियापान यसपालि नगर्ने भएको छ।

नेकपाले कोरोनाभाइरस संक्रमणका कारण उत्पन्न जोखिमलाई मध्यनजर गर्दै चियापान नगर्ने निर्णय गरेको हो। नेकपा केन्द्रीय कार्यालयका सचिवद्वय इश्वरी रिजाल र श्रीराम ढकालले मंगलबार विज्ञप्तिमार्फत् यस वर्षको चियापान स्थगित भएको जानकारी दिएका छन्।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले पनि हरेक वर्ष गर्दै आएको चियापान यस वर्ष नगर्ने निर्णय गरिसकेको छ।

प्रतिक्रिया