भैँसीले हानेर दाङमा एक महिलाको ज्यान गयो
नेपालखोज
२०७७ कार्तिक १२ गते १९:४१
दाङ । दाङमा आफैले पालेको भैँसीले हानेर एक जनाको ज्यान गएको छ । चराएर घर फर्किने क्रममा भैैँसीले हानेर गढवा गाउँपालिका ६ को बालापुरकी ५५ वर्षीया राधा यादवको ज्यान गएको इलाका प्रहरी कार्यालय गढवाले जनाएको छ ।
भैँसीले हानेर गम्भीर घाइते भएकी यादवको उपचारको क्रममा लमही अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया