कोरोना अपडेट : २४ घण्टामा थप २ हजार ५०८ जना संक्रमण मुक्त
नेपालखोज
२०७७ कार्तिक १५ गते १७:२३
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ६४ कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ६४ जना संक्रमण मुक्त भएसँगै नेपालमा निको हुनेको कुल संख्या १ लाख ३१ हजार २२२ पुगेको छ ।
त्यस्तै शनिबार थप २ हजार ५०८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७० हजार ७४३ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ५८४ छ । मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १४ लाख ४३ हजार ३४३ परीक्षणहरु गरिएका छन् ।
२४ घण्टामा जम्मा ९ हजार २७९ पीसीआर परीक्षण भएका छन् । हालसम्म क्वारेन्टिनमा रहनेको संख्या २ हजार ४१० जना रहेका छ ।
सम्बन्धित








प्रतिक्रिया