शुक्रबार, पुष ४, २०८२

माछापुच्छ्रे बैंकको एटीएम फुटाउँदै गरेको अवस्थामा बानेश्वरबाट एक व्यक्ति पक्राउ

नेपालखोज २०७७ कार्तिक १७ गते १४:२०

काठमाडौं । माछापुच्छ्रे बैंकको एटीएम फुटाउँदै गरेको अवस्थामा बानेश्वरबाट एक व्यक्ति पक्राउ परेका छन् । केन्द्रिय प्रहरी समाचार कक्षका अनुसार काठमाडौं महानगरपालिका १४ कुलेश्वरस्थित माछापुच्छ्रे बैंकको एटीएम फोडिरहेको अवस्थामा काठमाडौं बानेश्वर बस्ने कैलाली टिकापुर घर भएका १८ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरिएको हो ।

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरीले ती किशोरले उक्त एटीएम फोडदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी पनि समाचार कक्षले दिएको छ ।

प्रतिक्रिया