११ वर्षीया बालिका र १६ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा २ जनालाई पक्राउ
नेपालखोज
२०७७ कार्तिक १७ गते १४:३१

काठमाडौं । मकवानपुरमा ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गढी गाउँपालिका ७ सुकौरा पोलदमार बस्ने ६० वर्षीय रन बहादुर स्याङतानलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । रन बहादुरले ती बालिकालाई कात्तिक १२ गते जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
उदयपुरमा पनि १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा त्रियुगा नगरपालिका १४ धापखर्क बस्ने २१ वर्षीय अशोक भन्ने एक बहादुर मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मगरले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
सम्बन्धित
प्रतिक्रिया