शनिबार, पुष ५, २०८२

भारतीय सेनाध्यक्ष नरवणे आज नेपाल आउँदै

नेपालखोज २०७७ कार्तिक १९ गते ६:३२

काठमाडौं । भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणे आज नेपाल आउँदै छन् । नेपाली सेनाले दिने मानार्थ महारथीको उपाधि ग्रहण गर्न नरवणे आज नेपाल आउन लागेका हुन् ।

नरवणेले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत उच्च तहसँग पनि भेटवार्ता गर्ने भएकाले यो भ्रमणलाई महत्त्वका साथ हेरिएको छ । भारतले मिचेको नेपाली भूमि समेटेर नेपालले नक्सा सार्वजनिक गरेपछि चिसिएको दुई देशबीचको सम्बन्ध फेरि सुमधुर बनाउने वातावरणको सुरुवातको लागि नरवणेको नेपाल भ्रमण उपयुक्त हुन सक्ने परराष्ट्रविद्हरुले बताएका छन् ।

दुई देशबीच उच्च तहमा संवाद नभएको अवस्थामा भारतीय सेनाध्यक्षको भ्रमणले संवादहीनताको सिलसिला तोड्न सक्ने विज्ञहरुको भनाइ छ ।

त्यस्तै नेपाल भ्रमणको पूर्वसन्ध्यामा भारतीय सेनाध्यक्षले आफ्नो भ्रमणले दुई देशको सैन्य सम्बन्ध थप बलियो हुने बताएका छन् । आफ्नो भ्रमणले दुई देशबीच रहेको सैन्य सम्बन्धलाई बलियो बनाउन लामो बाटो तय गर्ने सेनाध्यक्ष नरवणेले भिडियो मार्फत बताएका छन् ।

प्रतिक्रिया