देशभर पश्चिमी वायुको प्रभाव : पहाडी भू-भागमा हल्का वर्षाको सम्भावना
नेपालखोज
२०७७ कार्तिक १९ गते ७:११

काठमाडौं, १९ कात्तिक । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको देखिएको छ । अहिले प्रदेश १ मा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने देखिन्छ । साथै पहाडी भू-भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना पनि रहेको देखिन्छ ।
आज राती देशको पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । पहाडी भू-भागका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सम्बन्धित








प्रतिक्रिया