बिहीबार ३ हजार ५१ जना कोरोना संक्रमण थपिए, सक्रिय संक्रमितको संख्या ३६ हजार नाघ्यो
नेपालखोज
२०७७ कार्तिक २० गते १७:०८

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरबाट गरिएको कोरोना परीक्षणमा आज बिहीबार थप ३ हजार ५१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै देशभर संक्रमितको कुल संख्या १ लाख ८५ हजार ९ सय ७४ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सो अबधिमा ३ हजार ४३० संक्रमणमुक्त भएका छन् । भने देशभरबाट निको हुनेको संख्या १ लाख ४८ हजार ४०८ पुगेको छ ।
देशभर सक्रिय संक्रमित संख्या ३६ हजार ५१४ रहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप १८ जनाले ज्यान गुमाएको मन्त्रालयले बताएको छ ।
सम्बन्धित








प्रतिक्रिया