मंगलबार, वैशाख १८, २०८१

नेप्सेमा चार दिन घटेर एक दिन बढ्दा १२ अर्ब २२ करोडको सेयर खरिद बिक्री

नेपालखोज २०७७ कार्तिक २१ गते १३:४९

काठमाडौं । यस साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन नै खुल्ला रहेको थियो । जसमध्ये पहिलो, दोस्रो, चौथो र पाँचौ दिन नेप्से घटेको भएपनि तेस्रो दिन भने नेप्से सामान्य अंकले मात्र बढेको थियो । सोही आधारमा यस साता नेप्से १६३६.१७ अंंकमा सिमित हुुन पुुगेको छ भने क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ३२४.३६ अंकमा सिमित हुुन पुुगेको छ ।
यस साता पहिलो कार्य दिन अर्थात आईतबार नै नेप्से घटेको थियो । यसले साताको तेस्रो दिन बाहेक अन्तिम कारोबार दिन सम्म नै निरन्तरता पाएको थियो । यस साता नेप्से सुचक घटेको देखिएपनि कारोबार रकम भने गत साताको तुुलनामा बढेको छ । गत साता दशैंको सार्वजनिक बिदा हुुँदा नेप्से दुुई कार्यदिन मात्र खुलेको थियो । सोही आधारमा उक्त साता पाँच अर्ब ७६ करोड ३६ लाख ८८ हजार नौ सय १४ रुपैयाँको सेयर खरिद बिक्री भएको थियो । तर यस साता भने पाँच कार्य दिन नै नेप्से खुल्ला रहेकाले हुुनसक्छ कुुल कारोबार रकम १२ अर्ब २२ करोड २७ लाख ८७ हजार तीन सय ४९ रुपैयाँ पुुगेको छ ।

यस साता प्राईम कर्मसिलय बैंक, अपी पावर लिमिटेड, शिवश्री हाईड्रो पावर लिमिटेड आदिको सबैभन्दा बढी रकम कारोबार भएको छ भने सेयर कारोबार भएको संख्याको आधारमा पनि यस साता यिनै कम्पनीहरुको बर्चश्व रहेको छ । सेयर सुचीकरण तर्फ भने यस साता हिमालयन जनरल इन्स्योरेन्स कम्पनी, गुराँस लाईफ इन्स्योरेन्स कम्पनी, तिनाउ मिसन डेभलपमेन्ट बैंक र सानिमा जनरल इन्स्योरेन्स कम्पनीको बोनस, साधारण एवं हकप्रद सेयर नियमित कारोबारका लागि नेप्सेमा सुचीकृत भएका छन् ।

प्रतिक्रिया