मंगलबार, वैशाख १८, २०८१

विश्वमा कोरोना संक्रमितको संख्या ५ करोड नाघ्यो

नेपालखोज २०७७ कार्तिक २३ गते ८:२४

एजेन्सी । विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड नाघेको छ । वल्डोमिटर्सकाअनुसार यो समाचार तयार पार्दासम्म विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड २ लाख ५४ हजार ३ सय ७१ पुगेको छ । जसमध्ये ३ कारोड ५५ लाख ४६ हजार ३ सय ७३ जना निको भइसकेका छन् । भने हालसम्म विश्वभर १२ लाख ५६ हजार १ सय बढीे कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।

त्यस्तै उपचार गराइरहेका १ करोड ३४ लाख ५२ हजार १२६ मध्ये ९१ हजार ७७८ जनाको अवस्था गम्भीर छ । कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुक संयुक्त राज्य अमेरिकामा मात्रै १ करोडभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

अमेरिकामा १ करोड १ लाख ८२ हजार बढीमा संक्रमण पुष्टि भइसकेको छ भने त्यहाँ २ लाख ४३ हजार २ सय बढीले ज्यान गुमाइ सकेका छन् । त्यस्तै दोस्रो बढी प्रभावित मुलुक भारतमा संक्रमितको संख्या ८५ लाख नाघिसकेको छ भने १ लाख २६ हजार १ सय बढीले ज्यान गुमाइसकेका छन् ।

त्यस्तै अर्को बढी प्रभावित मुलुकमा ब्राजिल पनि छ । ब्राजिलमा हालसम्म १ लाख ६२ हजार २ सय बढीले ज्यान गमाइसकेका छन् भने त्यहाँ संक्रमितको संख्या ५६ लाख ५३ हजार ५ सय नाघिसकेको छ ।

प्रतिक्रिया