मंगलबार, वैशाख १८, २०८१

भुत जस्तो जिव ! संसारका केही अनौठा प्राणीहरू

नेपालखोज २०७७ कार्तिक २३ गते १३:०९

संसारमा विभिन्न प्रकारका जनावरहरू पाइन्छन् । वैज्ञानिकहरूका अनुसार विश्वमा करिब ८७ लाख प्रजातिका जीवजन्तुहरू पाइन्छन् । तर, तीमध्ये धेरैलाई अझै पहिचान गर्न बाँकी छ। आज हामी तपाईलाई संसार भर नै अनौठो मानिने केहि जीवहरूको बारेमा जानकारी दिदैछौं । जुन जनावरहरू तपाईले विरलै मात्रमा देख्न पाउनुहुनेछ।

१. अकारी बाँदर
पृथ्वीमा थुप्रै प्रजातीका बाँदरका छन् । तर अकारी बाँदर एकदमै फरक प्रकारकाे बाँदर हाे। तिनीहरूको शरीर पूर्ण रूपमा कपालले ढाकिएको हुन्छ र अनुहार राताे हुन्छ। अचम्मकाे कुरा यी बाँदहरू तालु हुन्छन् अथार्त तिनीहरूको टाउकोमा कपाल हुँदैन । याे प्रजातीकाे बाँदर दक्षिण अमेरिकी महाद्वीपमा भेटिन्छन्।

२. गोब्लिन शार्क

गोब्लिन शार्कलाई ‘भूत शार्क’ पनि भनिन्छ। याे शार्क हेर्दै डरलाग्दो हुन्छ । यो शार्कको दुर्लभ प्रजाती हो। याे शार्क पहिलो पटक १८९७ मा जापानकाे एक समुन्द्र भेटिएकाे थियो।

३.बैजनी भ्यागुता
के तपाईंले कहिल्यै बैजनी भ्यागुता देख्नुभएको छ ? पक्कै छैन् हाेला । किनभने यो भ्यागुता विरलै मात्रामा पाइन्छ । याे भ्यागुताले आफ्नो जीवनको धेरै समय जमिनमुनी बिताउछ । यो भ्यागुता २००३ मा पहिलाे पटक भेटिएकाे थियो। बैजनी भ्यागुताहरू भारतको पश्चिमी क्षेत्रमा मात्र पाइन्छन्।

४. नरम खोल भएकाे कछुवा
सामान्यतया कछुवाको खोल धेरै कडा हुन्छ । तर, यो कछुवाकाे नरम हुन्छ। याे प्रजातीकाे कछुवा भारतकाे गंगा नदीमा पाइन्छ। तिनीहरूले आफ्नो अधिकांश समय पानीमा बिताउँछन्। तिनीहरूले छालाबाट सास फेर्न सक्छन्।

प्रतिक्रिया