शनिबार, पुष ५, २०८२

पूर्व एमाले भन्दै ओली निकटको भेलामा ईश्वर पोखरेलको सम्वोधन

नेपालखोज २०७७ कार्तिक २३ गते १५:४०

काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र पार्टी केन्द्रीय रुपमा एक भएपनि मानसिक रुपमा एक हुन सकेको छैन । सत्ता र शक्तिको लागि पार्टी एकीकरण भएपनि तल्लो तहसम्म एकीकरणले पूर्णता नपाउँदै नेकपा विभाजनको संघारमा पुगिसकेको छ । पूर्व एमाले र पूर्व माओवादी अहिले आआफ्नो गुट भेटघाटलाई तीव्रता दिँदै आईरहेका छन् ।

आइतवार विहान पूर्व एमाले निकटको भेला उपप्रधानमन्त्री समेत रहेका नेकपाका नेता ईश्वर पोखरेलेको उपस्थितिमा भएको थियो । बसुन्धरामा पूर्व एमाले निकटको भेला भनिएपनि भेलामा पूर्व एमालेभित्र पनि ओली निकट व्यक्तिहरुमात्र उपस्थित भएका थिए । भेलाको संयोजन नेकपाका काठमाडौं जिल्ला अध्यक्ष रहेका सांसद कृष्ण राइले गरेका थिए । भेलालाई उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्वोधन गरेका थिए । सम्वोधनका क्रममा उनले पार्टी नफुट्ने भनेता पनि विभाजनको संघारमा पुगिसकेको कार्यकर्ताहरुलाई संकेत गरेका थिए । पूर्व एमाले निकटभित्र पनि ओली निकट मात्र देखिएको भेला राखेर सरकारको विरुद्ध लाग्नेहरुको तथ्यांक संकलन गरी सरकारका पक्षमा वकालत गर्न निर्देशन पोखरेलले दिएका थिए ।

प्रतिक्रिया