बुधबार, पुष २, २०८२

भरुवा बन्दुकसहित ६० वर्षीय बृद्ध पक्राउ

नेपालखोज २०७७ कार्तिक २५ गते १४:१३

तनहुँ । तनहुँको भीमाद नगरपालिका–२ बन्दीछापबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही वडाको सिमलबोट बस्ने ६० वर्षीय टुकबहादुर थापा रहेका छन् । प्रहरी चौकी किहुँबाट खटिएको प्रहरी टोलीले उनलाई बन्दुकसहित पक्राउ गरेको हो । उनको साथबाट एक नाले भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाविरुद्ध हातहतियार मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

प्रतिक्रिया