मंगलबार, वैशाख १८, २०८१

सातामा २० अर्ब २४ करोडको सेयर कारोबार, बजार परिसूचक १७ सय १८ बिन्दुमा

नेपालखोज २०७७ कार्तिक २८ गते १५:४०

काठमाडौं । यो साता सेयर बजार परिसुचक १७ सय १८ दशमलव ४९ अंकमा पुगेर रोकिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन सय ३८ दशमलव ८९ अंकमा पुुगेर रोकिएको छ ।

यो साता धितोपत्र बजारमा एक सय ९८ वटा कम्पनीहरुको कारोवार भएका छन् । जसअनुसार दुई लाख १४ हजार दुई सय ३४ पटकको कारोबारमा पाँच करोड ६९ लाख ६९ हजार दुई सय ८६ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम २० अर्ब २४ करोड ८७ लाख ३४ हजार ३६ रुपैयाँ पुगेको छ । यो कारोबार रकम गत साताको तुलनामा आठ अर्ब रुपैयाँले बढी हो । गत साता भने धितोपत्र बजारमा एक सय ९९ वटा कम्पनीहरुको कारोबार भएका थिए । जसअनुुसार चार करोड ७६ हजार आठ सय २१ कित्ता सेयर खरिद बिक्री हुँदा कारोबार रकम १२ अर्ब २२ करोड २७ लाख ८७ हजार तीन सय ४९ रुपैयाँ पुगेको थियो । यो साता नेप्सेको नियमित कारोबार कक्ष पाँच कार्य दिन नै खुल्ला रहेकोमा सबै दिन सुचक बढेका छन् ।

पहिलो दिन पनि बजार परिसुचक १२ दशमलव ४९ अंकले उकालो लागेर १६ सय ४८ दशमलव ५८ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव ५७ अंकले उकालो लागेर तीन सय २५ दशमलव ९४ अंकमा चढेको थियो ।

दोस्रो दिन पनि बजार परिसुचक चार दशमलव २२ अंकले उकालो लागेर १६ सय ५२ दशमलव ८० अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स भने शुन्य दशमलव ६१ अंकले ओरालो लागेर तीन सय २५ दशमलव ३३ अंकमा झरेको थियो ।

तेस्रो दिन पनि बजार परिसुचक २५ दशमलव ९८ अंकले उकालो लागेर १६ सय ७८ दशमलव ७९ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ६ अंकले उकालो लागेर तीन सय ३० दशमलव ३९ अंकमा चढेको थियो ।

चौथो दिन पनि बजार परिसुचक २८ दशमलव ८९ अंकले उकालो लागेर १७ सय सात दशमलव ६७ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि पाँच दश्मलव २३ अंकले उकालो लागेर तीन सय ३५ दशमलव ६२ अंकमा चढेको थियो ।

अन्तिम कारोबारको दिन पनि बजार परिसुचक १० दशमलव ८२ अंकले उकालो लागेर १७ सय १८ दशमलव ४९ अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव २७ अंकले उकालो लागेर तीन सय ३८ दशमलव ८९ अंकमा चढेको थियो ।

यस साता नेपाल पुर्नबीमा कम्पनी, नेपाल टेलिकम, हिमालयन डिष्ट्रिलरी प्राली आदिको बढी रकम कारोबार भएको छ भने अपी पावर कम्पनी, प्रभु बैंक नेशनल हाईड्रो पावर कम्पनी आदिको बढी सेयर कारोबार भएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी, नेपाल इन्भेष्टमेन्ट बैंक लगायतका कम्पनीहरु अगाडि परेका छन् । सेयर सुचीकरण तर्फ भने यो साता नर्धन उत्थान लघुवित्त संस्था र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको बोनस सेयर सुचीकृत भएका छन् ।

प्रतिक्रिया