मंगलबार, पुष १, २०८२

छिमेकीको हत्या गरेको अभियोगमा पक्राउ

नेपालखोज २०७७ मंसिर १ गते २०:०६

सर्लाही । छिमेकीकाे हत्या गरेकाे अभियाेगमा एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । छिमेकी २८ वर्षीय अजय पासवानलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा मलंगवा नगरपालिका ६ खुटौना बस्ने ३६ को बिनोद पासवानलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

बिनोदले धारिलो हतियार प्रहार गर्दा अजयको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी खुटौना र जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया