मंगलबार, पुष १, २०८२

बुढानिलकण्ठबाट ४ लाख नगद सहित २५ जुवाडे पक्राउ

नेपालखोज २०७७ मंसिर २ गते ८:४०

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका ८ तल्लो भंगाल थापागाउँ बस्ने पुष्कर थापाको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय कुश खड्का सहित २४ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४ लाख २४ हजार ५ सय रुपैयाँ, १६ थान कौडा र ६ बुक तास सहित पक्राउ गरेको हो ।

प्रतिक्रिया