मंगलबार, पुष १, २०८२

८३ वर्षीय कोरोना सङ्क्रमितको मृत्यु

नेपालखोज २०७७ मंसिर २ गते १५:२०

गोरखा । गोरखा अस्पतालमा उपचाररत पालुङटार नगरपालिका–७ च्याङ्लीका ८३ वर्षीय कोरोना सङ्क्रमित पुरुषको आज बिहान निधन भएको छ ।

फोक्सोको क्यान्सरका पीडित ती पुरुषलाई गत कात्तिक २७ गते उपचारका लागि अस्पतालको सघन उपचार कक्षमा भर्ना गरिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।

प्रतिक्रिया