जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरिबाट एक पक्राउ
नेपालखोज
२०७७ मंसिर ३ गते ११:०१

काठमाडौं । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरि नगरपालिका २ बस्ने हुम्ला ताजाकोट गाउँपालिका २ घर भएका २३ वर्षीय सूर्जवीर लोहारलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
लोहारले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित








प्रतिक्रिया