सुनको मूल्यमा प्रतिताेला ७ सयले गिरावट

काठमाडौँ । सुनको मूल्यमा आज ७ सयले गिरावट आएको छ । कोरोना भाइरसको खोपको सफलताका समाचार अन्तरराष्ट्रियरूपमा सार्वजनिक भएपछि त्यसको प्रभाव सुनको मूल्यमा समेत परेको छ ।
सोही कारण आज स्थानीय बजारमा समेत पहेलो धातुको मूल्य प्रतितोला रु ७ सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु ९४ हजार ४०० मा कारोवार भएको छ । बुधबार छापावाला सुनको मूल्य प्रतितोला रु ९५ हजार १०० मा कारोवार भएको थियो ।
बुधबारको तुलनामा आज छापावाला सुन प्रतितोला रु ७ सयले घटेको हो । त्यसैगरी तेजाबी सुन प्रतितोला रु ९३ हजार ९०० मा कारोवार भएको छ । बुधबार तेजाबी सुन प्रतितोला रु ९४ हजार ६०० मा कारोवार भएको थियो । यस्तै चाँदी भने प्रतितोला रु एक हजार २१५ मा कारोवार भएको छ । बुधबार चाँदी प्रतितोला रु एक हजार २३० मा कारोवार भएको थियो । बुधबारको तुलनामा चाँदी प्रतितोला रु १५ ले घटेको हो ।







प्रतिक्रिया