बिहीबार, पुष ३, २०८२

चालक निदाएपछि जन्ती बोकेको जीप दुर्घटना, १४ को मृत्यु

नेपालखोज २०७७ मंसिर ५ गते १५:५४

एजेन्सी । भारतको उत्तर प्रदेशको प्रतापगढ जिल्लामा बिहीबार राति सडक दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६ जना बालबालिका पनि रहेको बताइएको छ ।

चालकलाई निद्रा लागेपछि दुर्घटना भएको अनुमान प्रहरीले गरेको छ। रोकिराखेको ट्रकमा जीप ठोक्किँदा पूर्णरुपमा क्षति भएको छ।

दैनिक भास्करका अनुसार क्षतिग्रस्त जीपको ढोका काटेर शव निकालिएको छ। मृत्यु हुनेमा १२ जना कुन्डा कोतवालीको चौंसा जिरगापुर गाउँका हुन् भने ड्राइभर र एक बच्चा भने छिमेकी गाउँका हुन्। उनीहरु नवाबगंज थाना इलाकाको शेहपुरा गाउँमा जन्त गएका थिए।

जीप ट्रकसँग ठोक्किएको आवाज सुनेपछि स्थानीयहरु घटनास्थलमा पुगेका थिए। दुर्घटनाप्रति मुख्यमन्त्री योगी आदित्यनाथले दुःख व्यक्त गरेका छन् । उनले सरकारी अधिकारीहरुलाई घटनास्थलमा पुग्न र पीडित परिवारलाई सम्भव भएजति सहयोग गर्न निर्देश दिएका छन्।

प्रतिक्रिया