काठमाडौं महानगरपालिकाले भोलीदेखि निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्दै
नेपालखोज
२०७७ मंसिर ६ गते १६:३५

काठमाडौं । काठमाडौँ महानगरपालिकाले भोलीदेखि निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन कार्य शुरु गर्ने भएको छ ।
नेपाल सरकारले तोकेको मापदण्ड भित्र पर्ने व्यक्तिहरुको निःशुल्क पीसीआर परीक्षण गर्नका लागि स्वाब संकलन गर्ने कार्यलाई फेरी सूचारु गर्न लागिएको महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले बताए ।
आज राष्ट्रिय विभूति शंखधर साख्वाः र मानव अधिकार अभियान अगुवा पद्मरत्न तुलाधरको शालिक अनावरण कार्यक्रममा उपस्थित भएका मेयर शाक्यले पत्रकारहरुसँग कुरा गर्दै भोलिदेखि पुनः स्वब संकलनको कार्य सुचारु गर्न लागिएको बतए ।
त्यस्तै कन्ट्याक्ट ट्रेसिङमा परेका अशक्त र जेष्ठ नागरिकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न मोवाइल भ्यान सञ्चालन गर्ने तयारी गरिएको उनको भनाइ छ ।
सम्बन्धित








प्रतिक्रिया