शुक्रबार, पुष ४, २०८२

बालुवाटार जग्गा प्रकरणः माधव नेपालविरुद्धको मुद्दामा आज सुनुवाई

नेपालखोज २०७७ मंसिर ७ गते १४:१७

काठमाडाैं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको मुद्दाविरुद्ध आज सुनुवाई हुँदैछ ।

ललिता निवास बालुवाटारको जग्गा गैरकानुनी रुपमा दर्ता गरिएको बिषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूतपूर्व उपप्रधानमन्त्री विजय गच्छदारसहित ३ पूर्वमन्त्री र एक पूर्वप्रमुख आयुक्तसहित १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।

उक्त जग्गाको निर्णय गर्ने तत्कालीन प्रधानमन्त्री नेपालबिरुद्ध पनि अख्तियारले भ्रषाटाचारको मुद्दा दायर गर्नुपर्ने माग गर्दै बरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपाने सर्बोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमाथि आज न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र मनोज शर्माको इजलासले सुनुवाइ गर्दैछ ।

प्रतिक्रिया