मंगलबार, वैशाख १८, २०८१

बागलुङमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु

नेपालखोज २०७६ मंसिर १७ गते ११:५५

१७ मंसिर, काठमाडौं । बागलुङको भीमगिठेमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु छ भने ३ जना घाइते भएका छन् ।

गुल्मीको इश्मा गाउँपालिकाबाट कूल पूजाका लागि गुल्मी जाँदै गरेकाे ग१ज ५२१९ नम्बरको जीप बागलुङको बडीगाड गाउँपालिका-७ स्थित सडकबाट करिब ५०० मिटर तल खोलामा खसेको हो ।

दुर्घटनामा ९ महिला, ४ जना पुरुष र एक जना बालकको घटनास्थलमै मृत्यु र ३ जना गम्भीर घाइते भएकाे प्रहरीले जनाएकाे छ । एक जना खोलाले बगाएर बेपत्ता भएका छन् । कूल पूजाको लागि कार्की परिवारले रिजर्भ गरेको जीप दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

घाइतेलाई प्राथमिक उपचारका लागि उद्धार गरी बुर्तिबाङ लगिएको छ । घटनाकाे बारेमा थप अनुसन्धान भइरहेकाे छ ।

प्रतिक्रिया