शुक्रबार, पुष ४, २०८२

कोरोना संक्रमणका कारण एकैदिन २८ जनाको मृत्यु

नेपालखोज २०७७ मंसिर १० गते १६:५४

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा २८ संक्रमितको मृत्यु भएको जानकारी दिएको छ ।

आज थप २८ जना कोरोना संक्रमितको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ३८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ९४८ कोरोना संक्रमित थपिएका छन भने ३ हजार १४० संक्रमित निको भएका छन् ।

प्रतिक्रिया