शुक्रबार, पुष ४, २०८२

साल्ट ट्रेडिङ्गका सञ्चालक समितिका सदस्य कीर्ति कुमार जोशीको निधन

नेपालखोज २०७७ मंसिर १० गते १९:५६

काठमाडौं । लामो समयदेखि साल्ट ट्रेडिङ्ग कर्पाेरेसन लिमिटेडमा सञ्चालक रहदै आएका सञ्चालक कीर्ति कुमार जोशीको ७५ वर्षको उमेरमा निधन भएको छ । उनको मंगलबार कमलपोखरी स्थित हिमालय हस्पिटलमा उपचारको क्रममा मस्तिष्क घातका कारण निधन भएको हो ।

जोशी साल्ट ट्रेडिङ्ग कर्पाेरेसन लिमिटेड अन्तरगतको खाद्य उद्योग लिमिटेड, वनस्पति घ्यु उद्योग लिमिटेडमा सञ्चालक रही काम गरेका थिए भने सगरमाथा इन्स्योरेन्स कम्पनीको समेत सञ्चालक रहेका थिए ।

कर्पाेरेसनले जोशीको निधनको खबरले कर्पाेरेसन परिवारलाई दुःखी बनाएको र कर्पाेरेसनले एक कुशल सञ्चालक गुमाएको जनाएको छ । साथै, शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना समेत गरेको छ ।

साल्ट ट्रेडिङ्ग कर्पाेरेसन लिमिटेडका संस्थापक लोकनाथ जोशीका नाति स्वर्गिय कीर्ति कुमार जोशीका श्रीमती र दुई जना छोराहरु रहेका छन् ।

प्रतिक्रिया