नियन्त्रित लागूऔषध सहित पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका ६ चुच्चेपाटीस्थित सडक किनारबाट नियन्त्रित लागूऔषध १ सय ५० ट्याब्लेट नाईट्राजेपाम नाईट्राभेट सहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापा कचनकवल गाउँपालिका ३ ठेगाना भएका २४ वर्षीय सुजन तामाङ र काभ्रेपलाञ्चोक खानीखोला गाउँपालिका ४ ठेगाना भएका २२ वर्षीय आशुतोष मोक्तान रहेकाछन् । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले मोटरसाइललाई जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक तामाङ र मोटरसाइकलमा सवार मोक्तानलाई पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानरगपालिका ६ अङधाराचोकस्थित सडक किनारबाट नियन्त्रित लागूऔषध ७ सय ५ ट्याब्लेट नाईट्राजेपाम नाईट्राभेट सहित सिन्धुपाल्चोक बलेफी गाउँपालिका २ ठेगाना भएका २७ वर्षीय दिवाकार थापालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा उक्त ब्यूरोबाट थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।








प्रतिक्रिया