शुक्रबार, पुष ४, २०८२

कोरोना अपडेट : कुल २ लाख ९ हजार ४ सय ३५ जना संक्रमण मुक्त

नेपालखोज २०७७ मंसिर १२ गते १७:०६

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७०३ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टा थप १ हजार ७०३ कोरोना संक्रमित थपिएसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ । सक्रिय संक्रमितको संख्या १८ हजार ४७३ छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार २३६ संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या २ लाख ९ हजार ४ सय ३५ पुगेको छ । पछिल्लो २४ घण्टामा २३ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ४३५ पुगेको छ ।

प्रतिक्रिया