कोरोना अपडेट : थप १३८० जनामा संक्रमण पुष्टि, १९ जनाको मृत्यु
नेपालखोज
२०७७ मंसिर १३ गते १६:३८

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३८० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या २ लाख ३० हजार ७२३ पुगेको छ । आज थप ९ हजार ३६८ जनाको पिसिआर परीक्षण गरिएको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार हालसम्म २ लाख ११ हजार १८६ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर ५१५ सङ्क्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर १८ हजार ८३ जना सक्रिय सङ्क्रमित छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट थप १९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मर्नेको सङ्ख्या १ हजार ४५४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय जनाएको छ ।
सम्बन्धित








प्रतिक्रिया