अभिनेता राहुल रोयलाई ब्रेन स्ट्रोक
नेपालखोज
२०७७ मंसिर १५ गते ११:१८

एजेन्सी- बलिउड अभिनेता राहुल रोयलाई ब्रेन स्ट्रोक भएको छ । उनलाई कारगिलमा आधारित सिनेमा ‘एलऐसी-लिभ द ब्याट’को सुटिङका समय ब्रेन स्ट्रोक भएको हो। हाल उनको मुम्बईस्थित नानावती अस्पतालमा उपचार भइरहेको छ।
५४ वर्षीय अभिनेता रोयलाई ७ दिन अगाडि सुटिङका क्रममा ब्रेन स्ट्रोक भएको भारतीय संचारमाध्यमहरूले जनाएका छन्। उनलाई २८/२९ नोभेम्बरको राति नानावती अस्पतालमा भर्ना गरिएको हो।
हाल उनलाई आइसियूमा राखेर उपचार गरिराखिएको छ।
रोयका भिनाजुले एक भारतीय अनलाइनलाई उनको स्वास्थ्यस्थितिमा सुधार भइरहेको बताएका छन् । अभिनेता राहुल रोयद्धारा अभिनित चलचित्र आशिकी सन् १९९० को सुपरहिट सिनेमा हो ।
सम्बन्धित
प्रतिक्रिया