शुक्रबार, पुष ४, २०८२

राजतन्त्र फर्काउने सपना पूरा हुँदैन : अध्यक्ष साह

नेपालखोज २०७७ मंसिर १६ गते १४:२३

लहान । नेपाली जनता दलका अध्यक्ष हरिचरण साहले जनताको सङ्घर्षबाट पाखा लागिसकेको राजतन्त्र फर्काउने कसैकोे सपना पूरा नहुने बताएका छन् ।

पार्टी कार्यक्रमका लागि लहान पुगेका अध्यक्ष साहले आज सञ्चारकर्मीसँग कुरा गर्दै राजतन्त्र पुनः फर्काउन चलखेल शुरु भएपनि अहिलेका जनता सचेत भइसकेकाले ती शक्तिको सपना पूरा हुन नदिने बताए ।

उनले आर्थिक अपारदर्शिता र महिला हिंसाविरुद्ध आफ्नो पार्टीले भण्डाफोर अभियान चलाउन लागेको जानकारी पनि दिए ।

प्रतिक्रिया