शनिबार, पुष ५, २०८२

काठमाडौं उपत्यकामा थपिए ७२३ कोरोना संक्रमित

नेपालखोज २०७७ मंसिर १७ गते १७:०३

काठमाडौं । काठमाडौं उपत्यकामा थप ७ सय २३ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । आज संक्रमण हुनेमा ३२५ महिला र ३९८ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । आज ७ सय २३ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या एक लाख १० हजार ३७९ पुगेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार आज काठमाडौंमा ५३१ , ललितपुरमा ६१ र भक्तपुरमा ५ जनालाई कोरोना संक्रमण देखिएको छ। त्यसैगरी, आज काठमाडौंमा २, ललितपुमा २ जना गरी ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

हालसम्म काठमाडौंमा मात्र ८८ हजार ८३६ जना संक्रमित भएका छन्, जसमध्ये ३८८ जनाको मृत्यु भएको छ। निको हुनेको संख्या ८१ हजार ७९५ छ। ललितपुरमा १३ हजार ४९३ जना संक्रमित भएका छन्। जसमा ११६ जना संक्रमितको मृत्यु भएको छ भने ११ हजार ९७३ जना निको भएका छन्। भक्तपुरमा ८ हजार ५३ संक्रमितमध्ये ९३ जनाको मृत्यु भएको छ भने हालसम्म ७ हजार ३८५ जना निको भइसकेका छन्।

प्रतिक्रिया