थप १ हजार ४९० जनामा कोरोना पुष्टि, १६ हजार पाँच सय ४७ सक्रिय संक्रमित
नेपालखोज
२०७७ मंसिर १७ गते १७:१२

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख ३६ हजार दुई सय ४६ पुगेको छ । आज थप एक चार सय ९० जनामा सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या दुई लाख ३६ हजार दुई सय ४६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाकारी दिएको छ ।
आठ हजार तीन सय जनाको नमुना परीक्षण गर्दा एक चार सय ९० जनामा सङ्क्रमण देखिएको हो । त्यस्तै गएको २४ घण्टामा एक हजार पाँच सय ६७ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या दुई लाख १८ हजार एक सय ६१ पुगेको छ ।
नेपालमा १६ हजार पाँच सय ४७ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । त्यस्तै ६ सय पाँच जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ । २४ घण्टामा थप ९ जना सङ्क्रमितको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार पाँच सय ३८ पुगेको छ ।
सम्बन्धित








प्रतिक्रिया