शनिबार, पुष ५, २०८२

४ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक ५ बजे मात्र बस्ने

नेपालखोज २०७७ मंसिर १८ गते १५:४७

काठमाडौं । आज दिउँसो ४ बजेका लागि बोलाइएको मन्त्रिपरिषद् बैठक एक घण्टा पर सरेको छ। बैठक ५ बजेका लागि सरेको सूचना आएको एक मन्त्रीले जानकारी दिए ।

मन्त्रिपरिषद्को नियमित बैठक बस्न लागेको बताइएको छ। बैठक अघि प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटघाट भएको छ । प्रधानमन्त्रीको सचिवालयले नियमित भेटघाट भएको बताएको छ ।

तर, पार्टीभित्र विवाद बढिरहेका बेला प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीबीचको भेटघाटलाई महत्वका साथ हेरिएको छ ।

प्रतिक्रिया