मंगलबार, असार १७, २०८२

चीनसँगको सीमा पनि संवेदनशील छ : नेता सिंह

नेपालखोज २०७७ मंसिर १९ गते १५:४७

काठमाडौं । कांग्रेस नेता प्रकाशमान सिंहले भारतको सीमा मात्रै नभएर चीनसँगको सीमा पनि संवेदनशील भएको भन्दै सरकारलाई त्यसतर्फ ध्यान दिन आग्रह गरेका छन् ।

आज अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै उनले सरकारले चीनसँगको सीमा सम्बन्धलाई बेवास्ता गरेको आरोप लगाएका छन् ।

समिति बैठकमा उनले भने, ‘सिमानाको कुरा गर्दा भारतसँग मात्रै होइन चीनसँग पनि सिमानामा विवाद भएको छ । त्यसबारे पनि परराष्ट्रमन्त्रीले ब्रिफिङ गर्दा ओभरलुक गरेको हो कि के हो ? कांग्रेसकै नेताले त्यहाँको भिजिट गरेर रिपोर्ट दिएका छन् । त्यसलाई ओभरलुक गर्न कति उचित हुन्छ रु यो केही भएको छैन भनेर सरकारले हतार-हतारमा किन भन्नुपरेको हो ?’

भारतीय खुफिया एजेन्सीका प्रमुखसँगको भेटघाटमा पनि पारदर्शिता नभएको उनको भनाइ छ । ‘गोप्य रूपमा भएको कुरा के भएको भन्ने कसैलाई थाहा नहुने, ट्रान्सपरेन्सी हुनुपर्‍यो,’ उनले भने ।

प्रतिक्रिया