बिहीबार, असार १९, २०८२

ओलीको अनुपस्थितिमा बस्यो नेकपा स्थायी कमिटी बैठक

नेपालखोज २०७७ मंसिर २१ गते १३:५१

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीको अनुपस्थितिमै स्थायी कमिटी बैठक सुरु भएको छ । पार्टी कार्यालय धुम्बाराहीमा बैठक सुरू भएको हो ।

आजको स्थायी कमिटी बैठकमा यसअघि दुवैजना अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले सचिवालयमा पेस गरेको पत्र, सचिवालय सदस्यहरुले लेखेको पत्र, ओलीको जवाफलगायतका दस्तावेज पेस हुने कार्यसूचि छ ।

उक्त प्रस्तावमाथि स्थायी कमिटीका सदस्यहरुले छलफल गर्ने छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओली बैठकमा उपस्थिति हुने बारे कुनै तयारी नभएको बताएका छन् ।

प्रतिक्रिया