सिंगापुर पठाइदिन्छु भनि रकम ठगी गर्ने दर्जी पक्राउ

काठमाडौ । सिंगापुर पठाईदिन्छु भनि रकम ठगी गर्ने जनोज लामिछाने भन्ने बिशाल दर्जी पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा मिनभवनका प्रवक्ता प्रहरी उपरीक्षक ईश्वर कार्कीका अनुसार ठगी कार्यमा संलग्न रहेको अभियोगमा सुनसरीको धरान उप-महानगरपालिका वडा नम्वर-४ बुद्धचोक घर भई हाल काठमाडौ महानगरपालिका वडा नम्वर-९ सिनामंगल बस्ने जनोज लामिछाने भन्ने विशाल दर्जीलाई पक्राउ गरिएको हो ।
दर्जीले सिंगापुर पठाईदिन्छु भनि तीन लाख ३१ हजार नौ सय रुपैयाँ लिई फरार रहेको भनि रमिला श्रेष्ठले महाशाखामा जाहेरी दिएकी थिइन् । प्रहरी टोलीले दर्जीलाई खोजतलास गर्ने क्रममा आईतबार दिउँसो साढे ३ बजे सिनामंगलकबाट पक्राउ गरिएको प्रवक्ता कार्कीले जानकारी दिएका छन् । प्रवक्ता कार्कीका अनुसार पक्राउ परेका दर्जीलाई सोमबार महानगरीय प्रहरी परिसर, काठमाण्डौमा आवश्याक अनुसन्धान तथा कारवाहीकालागि पठाईएको छ ।








प्रतिक्रिया