शनिबार, पुष ५, २०८२

३८ थान नक्कली सवारी चालक अनुमति पत्र सहित गिरी पक्राउ

नेपालखोज २०७७ मंसिर २४ गते ११:३३

भक्तपुर । नक्कली सवारी चालक अनुमति पत्र सहित आशिष गिरी पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाको पिडित सहायता इकाईबाट विशेष सुचनाको आधारमा खटिएको सादा पोशाकका ट्राफिक प्रहरी टोलीले मंगलबार मध्यपुर ठिमी नगरपालिका वडा नं. ६ ठिमिबाट सिन्धुपाल्चोक सांगाचोकगडी नगरपालिका वडा नं. १२ घर भई हाल जिल्ला भक्तपुर मध्यपुर ठिमी नगरपालिका वडा नं. ७ बस्ने २८ बर्षिय गिरीलाई पक्राउ गरेको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले बताएका हुन् ।

भट्टराईका अनुसार पक्राउ परेका गिरीका साथबाट उनले प्रयोग गर्दै आएको बा १५ च ४६८४ नं. को कार तथा किर्ते गरी बनाईएका ३८ थान नक्कली सवारी चालक अनुमती पत्र र विभिन्न बैंकका चेक समेत बरामद भएको छ । पक्राउ परेका गिरीउपर थप अनुसन्धान एवं आवश्यक कारबाहिको लागि महानगरीय प्रहरी वृत्त ठिमी भक्तपुरमा पठाईएको महाशाखा प्रमुख भट्टराईले बताएका छन् ।

प्रतिक्रिया