नेपालमा थप १०४४ कोरोना संक्रमित थपिए, १२७१ जना डिस्चार्ज
नेपालखोज
२०७७ मंसिर २६ गते १७:३७

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४४ कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १२ हजार १४८ रहेको छ । भने १२ हजार १४८ जना आइसोलेसनमा छन् । कुल १८ लाख २० हजार ६१८ पीसीआर परीक्षण गरिएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टमा देशभर १ हजार २७१ संक्रमित निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज थप १ हजार २ सय ७१ जना डिस्चार्ज भएसँगै नेपालमा डिस्चार्ज हुनेको कुल संख्या २ लाख ३२ हजार ८७२ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ११ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ६७४ पुगेको छ ।
सम्बन्धित








प्रतिक्रिया