शनिबार, पुष ५, २०८२

कांग्रेसले काठमाडौंमा पाँच ठाउँमा जुलुस निकाल्ने

नेपालखोज २०७७ मंसिर २६ गते १७:४८

काठमाडौं । नेपाली कांग्रेस सरकारको बिरुद्धमा काठमाडौंका ५ ठाउँमा जुलस निकाल्ने भएको छ । आज बसेको जिल्ला समितिको बैठकले जुलुसको रुट तय गरेको हो । मंसिर २९ गते कांग्रेसले ७७ जिल्लामै सरकारविरुद्ध प्रदर्शन गर्दैछ ।

कांग्रेस काठमाडौं सभापति सबुज बानियाँले पार्टीको निर्देशनअनुसार सर्वसत्ताबादी सरकारको बिरुद्धमा काठमाडौंमा बृहत् बिरोध प्रदर्शन गर्ने निर्णय भएको बताए । भृकुटीमण्डप, पुतलीसडक चोक, लैनचौर, बसन्तपुर र सहिदगेटबाट निस्कने जुलुस शान्तिबाटिका रत्नपार्क पुगेर दिउँसो १ बजे सभामा परिणत हुने बानियाँले जानकारी दिए । जिल्ला समितिले १० वटै क्षेत्रीय समिति र नगर समिति, भातृ तथा शुभेच्छुक संस्थाहरुलाई विरोध प्रदर्शनमा उपस्थिति हुन निर्देशन दिएको छ ।

तनहुँमा पुलको उद्घाटन गर्न जाने क्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएपछि कांग्रेस सरकारबिरुद्ध सडकमा उत्रिन लागको हो । यता, काठमाडौं जिल्ला प्रशासन कार्यालयले भने कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै सभा, जुलुस तथा भिडभाड हुने कार्यक्रम नगर्न यसअघि नै सूचना जारी गरिसकेको छ ।

प्रतिक्रिया