गैंडाको खागसहित काठमाडौंबाट पाँच जना पक्राउ

काठमाडौं । गैंडाको खागसहित पाँच व्यक्तिहरु काठमाडौंबाट पक्राउ परेका छन् ।
महानगरीय अपराध महाशाखा मिनभवनका प्रहरी उपरीक्षक प्रकाश रानाभाटकाअनुसार संरक्षित वन्य जन्तु गैंडाको खागको अवैधरुपमा कारोबार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा अपराध महाशाखाबाट यही मंसिर २५ गते खटिएको विशेष टोलीले काठमाडौं जिल्ला का.म.न.पा.वडा नं १५ स्वयम्भु किमडोलबाट पाँच जना व्यक्तिलाई पक्राउ गरेको हो ।

प्रहरी उपरीक्षक रानाभाटकाअनुसार पक्राउ पर्नेहरुमा काठमाडौ झोंचेका ४१ बर्षिय रिकेश शाक्य, झोंछे कै ३५ बर्षिय सुरेश शाक्य, झोछे कै ३९ बर्षिय अनिल श्रेष्ठ, नुवाकोटमा २६ बर्षिय रामसिंह तामाङ र नुवाकोटकै २२ बर्षिय मुना तामाङ रहेका छन् ।
ति व्यक्तिहरुले गैंडाको खाग भनि बिक्रि वितरण गर्न भनि कोठामा राखिरहेको अवस्थामा गैंडाको खाग जस्तो वस्तु बरामद तथा पक्राउ गरि राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ अन्तर्गत आवश्यरक अनुसन्धानको लागी जिल्ला वन कार्यालय हात्तीसार पठाईएको उनले बताएका छन् ।








प्रतिक्रिया