आइतबार, पुष ६, २०८२

कोरोना संक्रमणबाट शाखा अधिकृतको निधन

नेपालखोज २०७७ मंसिर २८ गते ११:५२

बाके । कोरोना संक्रमणबाट नेपालगन्ज उपमहानगरपालिका ४ का ५२ वर्षीय शाखा अधिकृत दानबहादुर विष्टको निधन भएको छ।

नेपालगन्ज उपमहानगरपालिकाका शिक्षामा कार्यरत विष्टको उपचारका क्रममा भेरी अस्पतालमा आइतबार निधन भएको जिल्ला कोरोना संकट ब्यवस्थापन समितिले जनाएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि विष्टले २४ मंसिरमा कोरोना परीक्षणका लागि नमूना दिएका थिए । उनको २५ मंसिरमा कोरोना रिपोर्ट पजेटिभ आएको थियो ।

उनलाई उपचारका लागि २६ मंसिरमा भेरी अस्पताल भर्ना गरिएको थियो । कडा खाले कोभिडका कारण उनको निधन भएको अस्पतालले जनाएको छ ।

अस्पतालका अनुसार सबै प्रकारको उपचार गर्दा पनि विष्टको बिहान ३ः३० बजे निधन भएको हो । विक्रम सम्वत् ०५० सालबाट उनी शिक्षा सेवामा प्रवेश गरेका थिए । यो सँगै बाँकेमा कोरोना संक्त्युरमणबाट निधन हुनेको संख्याा ४१ पुगेको छ ।

प्रतिक्रिया