शुक्रबार, पुष ४, २०८२

मानव बेचविखनमा संलग्न फरार प्रतिवादी पक्राउ

नेपालखोज २०७७ मंसिर २९ गते १४:०३

काठमाडौं । मानव बेचविखनमा संलग्न फरार रहेका प्रतिवादी अनिता तामाङ भन्ने अनिता सुनुवारलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । सिन्धुपाल्चोक साविक सिन्धुकोट गाविस २ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका ७ कुमारीगालमा बस्दै आएकी तामाङलाई पक्राउ गरेको हो ।

२०७३ चैत ३ गते वैदेशिक रोजगारीमा आकर्षक तलब दिलाई दिने प्रलोभनमा पारी पाँच जनालाई बिक्रि गरेको उजुरीका आधारमा प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो । तामाङले गैरकानूनी तवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत, दुवई, कतार, मोजाम्बिक हुँदै साउथ अफ्रिकासम्म पुर्याुई बिक्री गरी शारीरिक, मानसिक र आर्थिक शोषण गरी ४ र ५ महिनासम्म बन्धक बनाएकी थिइन् ।

साथै सोही घटनामा संलग्न ताप्लेजुङ, मिरिङदेङ गाउँपालिका ४ स्थायी घर भएका ४३ वर्षीय गणेश कुमार लोंवालाई सोही व्यूरोबाट खटिएको प्रहरीले मङ्सिर १६ गते पक्राउ गरेको थियो ।
उनीहरु उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप भई थप अनुसन्धान कार्य भइरहेको उक्त व्यूरोले जनाएको छ ।

प्रतिक्रिया