आइतबार, पुष ६, २०८२

ओपोद्वारा नेन्डोका साथमा नयाँ कन्सेप्चुअल डिजाइन प्रदर्शित

नेपालखोज २०७७ मंसिर २९ गते १६:१६

काठमाडौं । अग्रणी स्मार्ट उपकरण कम्पनी, ओपोले चौठौ चाईना ईन्टरनेशनल ईन्डस्ट्रियल डिजाइन एक्स्पो (सीआईआईडीई)मा मानव केन्द्रित डिजाइन अवधारणामा आधारित विभिन्न नयाँ कन्सेप्चुअल डिजाइनहरु प्रदर्शित गरेको छ ।

यी कन्सेप्चुअल डिजाइनहरु अग्रणी जापनिज ईन्डष्ट्रियल डिजाइनिङ स्टुडियो नेन्डोसंगको सहकार्यमा निर्माण गरिएका हुन् । भविस्यका डिजाइन क्षेत्रको अन्वेषणको रुपमा लिइएका यी डिजाइनहरु ओपो र ओकी साटो, नेन्डोका प्रमुख डिजाइनर तथा प्रमुख कार्यकारी अधिकृतसंग नजिकको सहकार्यको नतिजा हुन् । प्रदर्शनी अवधिभर ओपोले आफ्ना क्लासिक प्रडक्ट डिजाइनका सिरिजपनि प्रदर्शनीमा राखेको थियो । तिनले ओपोको शुरुवाती अवस्थादेखि अपानाइँदै आइरहेका डिजाइन, धातु र अन्तरक्रिया प्रतिबिम्बित गर्दै पृथक अन्तर्दृष्टि समेत प्रस्तुत गरिरहेका थिए ।

चाईना ईन्टरनेशनल ईन्डस्ट्रियल डिजाइन एक्स्पो चीनमा औद्योगिक डिजाइनमा केन्द्रित राष्ट्रिय स्तरको प्रदर्शनी हो । यस बर्षको थिम, “न्यू डिजाइन, न्यू ट्रेण्ड्स, न्यू मोमेन्टम”मा आधारित भई ओपोले आफ्ना शुरुवाती अवस्था देखिका औद्योगिकरुपमै अग्रणी क्लासिक प्रडक्ट डिजाइनहरु बृहत्त प्रदर्शनीमा राखेको थियो ।

सन् २००८मा सौन्दर्यशास्त्रको पूर्ण तालमेल प्राप्ति र नवप्रबर्तनको आफ्नो दिर्घकालिन सोचको प्रतिक तथा यात्राको शुरुवातका रुपमा ओपोले आफ्नो पहिलो स्मार्टफोन, “स्माइली फेस” ए१०३ सार्वजनिक गरेको थियो । पछिल्ला १२ बर्षमा ओपोले नवप्रबर्तनको आफ्नो असिमित यात्रालाई कायम राख्दै विभिन्न नवप्रबर्तनात्मक उत्पादनहरु प्रस्तुत गरिरहेको छ । सन् २०१२मा ओपोले प्रयोगकर्तालाई बोक्न सजिलो र सहजता प्रदान गर्ने सोचका साथ डिजाइन गरिएको विश्वकै पातलो फोन फाइन्डर सार्वजनिक गरेको थियो । सन् २०१४मा फाइन्ड ५ मार्फत २.५डी कभ्र्ड डिजाइन र सन् २०१६मा हिउँले ढाकिएका हिमाली छालसंग प्रेरित हुँदै सुदृढ ग्रिप र लुक्स सहितको फोन उपलब्ध गराउन आर९ सार्वजनिक गर्यो । भर्खरै, सन् २०१९मा हालका लागि संसारकै पातलो फाइभजी फोनका रुपमा ओपोले रेनोथ्री पनि सार्वजनिक गरेको थियो ।

ओपोको डिजाइन सफलता अत्याधुनिक क्यामेरा प्रविधिहरुमा पनि प्रष्ट झल्किन्छ । सन् २०१४मा ओपोले विश्वकै पहिलो मोटोराइज्ड रोटेटिङ क्यामेरा स्मार्टफोन एनथ्री सार्वजनिक गरेको थियो । सन् २०१८मा ओपोले स्लाइडिङ डिजाइनको उपयोग गर्दै फोन भित्रबाटै क्यामेरा पप् आउट हुने फुल स्क्रिन डिस्प्ले स्मार्टफोन, फाइन्ड एक्स सार्वजनिक गर्यो । यो नवप्रबर्तनले फ्रन्ट र रियर क्यामेरा र सेन्सर्स लगायत ११ भिन्न घटकको एकिकृत सम्मिश्रण प्रस्तुत गर्दै नतिजा स्वरुप ९३.८% स्क्रिन टू बडी रेसियो प्रस्तुत गर्यो । सन् २०१९मा ओपोले अझ एक कदम अघि बढ्दै यूनिक पिभोट राइजिङ स्ट्रक्चर सहितको रेनो टेनएक्स जुम सार्वजनिक गर्यो । यसले स्मार्टफोन उद्योगकै क्षेत्रमा नयाँ डिजाइन अवधारणाहरुलाई हालसम्म पनि प्रेरित गरिरहेको छ ।

यस बर्षको नोवेम्बर महिनामा ओपो ईन्नो डे २०२० समारोह मार्फत ओपोले आफ्नो नयाँ अन्वेषणका रुपमा मोबाइल फोन फर्म फ्याक्टर्स अन्तर्गत ओपो एक्स २०२१ मार्फत रोलेबल कन्सेप्चुअल ह्याण्डसेट प्रदर्शित गरेको छ । कन्सेप्चुअल उपकरण मार्फत प्रदर्शित रोलेबल डिस्प्लेको आकार टोकिएको रेञ्ज भित्र असिमित रुपमा समायोजन गर्न सकिन्छ । यसले भविस्यका उपकरणका लागि नयाँ दृष्टिकोण प्रस्तुत गर्नुका साथै मानवले ती संग कस्तो अन्तरक्रिया गर्छ भन्ने नमुनापनि प्रस्तुत गरेको छ ।

चाईना ईन्टरनेशनल ईन्डस्ट्रियल डिजाइन एक्स्पोमा ओपोले अग्रणी जापानिज ईन्डस्ट्रियल डिजाइनिङ स्टूडियो नेन्डोसंगको सहकार्यमा विकासको प्रक्रियामा रहेका “स्लाइड(फोन” र “म्यूजिक(लिंक” कन्सेप्चुअल डिजाइनप्रदर्शित गरेको थियो । स्मार्टफोन प्रयोगकर्ताहरु आफू वरपरका विश्वसँग अन्तरक्रिया गर्न बृहत्तरुपमा स्मार्टफोनमा निर्भर हुन थालेको दूबै कम्पनीको निस्कार्षका आधारमा “स्लाइड(फोन”को सोच विकसित भएको हो । बहुउपयोगी साधनका रुपमा विकसित हुँदै जाने क्रममा यसको आकारमा निरन्तर बृद्धि हुँदै आएको पाइन्छ । यसले गर्दा स्मार्टफोन बोक्न कठिन र यसले प्रदान गर्ने सहजता र सुलभतामा ह्रास आउँदै गएको छ । फोनको आकार बढ्दै जानु प्रयोगकर्ताका लागि चिन्ताको विषयका रुपमा रहँदै आएको छ । चिन्ताको निवारण दिने सोचका साथ विकसित “स्लाइड फोन” अवधारणाको डिजाइनमा एकै दिशामा पट्याउन मिल्ने हिञ्जद्वारा सपोर्ट प्रदान गरिएका तीन ओटा स्क्रिन जडान गरिएका छन् । यसले गर्दा प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार फोनको आकार परिवर्तन गर्न सक्छन् । साथै, यसमा जडित स्टाइलसको माध्यमबाट प्रयोगकर्ताले काम वा अन्य कठिन कार्यका लागि आवश्यकता अनुसार फोनको प्रयोग गर्न सक्नेछन् ।

प्रतिक्रिया