अब बिकास निर्माणको काममा मात्र केन्द्रित हुुन्छ : मन्त्री श्रेष्ठ

काठमाडौं । शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले आफु मन्त्री भएर आउनुभन्दा अघि र हालको योजनालाई व्यवस्थित बनाएर लैजाने बताएका छन् । मन्त्रालयमा कार्यभार सम्हालेको दुई महिनाको समिक्षापछि मंगलबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले अबको आफ्नो काम विकास निर्माणमा मात्र केन्द्रीत रहने बताएका छन् ।
समिक्षा बैठकपछि मन्त्रालय मातहतका सबै निकाय र आयोजना प्रमुखसंग दुई महिनाभित्र सम्पादन गर्ने कामको लिखित कार्य योजनासहित प्रतिबद्धता पत्रमा हस्ताक्षर गरी अबको कामको शुरुवात गरेका मन्त्री श्रेष्ठले विकास निर्माणको कार्यलाई नमुनाको रुपमा अघि बढाउने बताए ।

मन्त्रीको कार्यभार सम्हालेपछि आफुले अनुगमन गरेका सबै विकास निर्माणको कामलाई तोकिएकै समयमा सम्पन्न हुने बताए । उनले भने माघ मशान्तसम्म गोदाबरीको हल निर्माण सम्पन्न हुनेछ, धोबीखोला करिडोरको बिजुलीबजारको पुलको अन्डरपास तयार भएर सञ्चालनमा आउनेछ । उनले दुई महिनाभित्र वीर अस्पतालको ५ सय क्षमताको वेड सहितको कोभिड संक्रमितको उपचार व्यवस्था गर्न लागिएको बताए । मन्त्रीको कार्यभार सम्हालेको भोलीपल्ट मन्त्री श्रेष्ठ वीर अस्पताल बताए ।
मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सचिव डा. रमेशप्रसाद सिंहले मन्त्रालयले जारी गरेको १८ बुदे कार्ययोजना र भावी कार्यक्रमलाई लागु गराएरै छाड्ने बताए । उनले भने, मन्त्रालयले अव योजनाअनुसारका सबै काम तोकिएकै समयमा पुरा गर्ने प्रतिबद्धता जनाएको छ । उनले गोदाबरीको ३ सय क्षमताको हल माघ मशान्तसम्म पुरा हुने ठोकुवा गरे ।
उनले, ‘भने तपाईहरुलाई हामी यो विश्वास दिलाउन चाहन्छौ कि मन्त्रालयले सार्वजनिक गरेको दुई महिने योजनाको सबै काम पुरा गर्नेछौ ।’ पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद दवाडीले दुई महिनाको अवधीमा मन्त्रालय र अन्तर्गतका निकायहरुबाट सम्पन्न भएका र आगामी दुई महिनाभित्र सम्पन्न गर्ने मु्ख्य मुख्य कार्यहरु बारे जानकारी दिएका थिए ।
दुई महिना अवधीमा मन्त्रालयले बञ्चरे डाडामा फोहोर व्यवस्थापन गर्ने, उपत्यका लगायत देशभरका नगरपालिकाहरुको फोहोरमैलाको आधुनिक प्रविधी अवलम्बन गरेर व्यवस्थापन गर्ने सम्बन्धमा सम्भाब्यता अध्ययन गरी प्रतिवेदन पेश गर्न विज्ञ प्राविधिकको संयोजकत्वमा उच्चस्तरीय टोली गठन गर्ने, सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत ३ हजार २ सय ५५ फुसको छाना विस्थापित गरी जस्तापाताले छाना छाउने कार्य सम्पन्न भएको र आगामी २ महिनाभित्र ३७ हजार ५ सय लाभग्राहीहरु छनौट गर्ने कार्य सम्पन्न गरिने, सिहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवन, ललितपुर भैंसेपाटीमा निर्माणाधीन प्रदेश प्रमुख तथा मुख्यमन्त्रीका लागि आवास तथा सम्पर्क कार्यालयको निर्माण कार्यलाई लक्ष्य अनुरुप समयमा सम्पन्न गर्ने गरी कार्य अगाडि बढाइने, प्रधानमन्त्री निवास परिसरमा एमआई सत्र हेलिकोप्टर अवतरण गर्न सक्ने गरी हेलीप्याड तयार भई सञ्चालनमा रहेको प्रगति उल्लेख गरिएको छ ।
त्यस्तै दुई महिना भित्र बुढानिलकण्ठमा निर्माणाधीन कालिका पार्क, नौलिन भद्रकाली, जगन्नाथ र भूकम्प स्मृती पार्कको निर्माण कार्य सम्पन्न गरिने, दुई महिनाभित्र ललितपुरको गणशेमान पार्क , देवीस्थान पार्क, फ्रेण्डस कोलोनी पार्क, नागदह पार्क निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
देशको गौरवको रुपमा निर्माणाधीन निर्माणाधिन सय मीटर उचाईको दमक भ्यू टावरको निर्माणलाई तिब्रता दिने, मोरङको उर्लावारीको लोपोन्मूख सन्थाल जातिको एकीकृत वस्ती विकास कार्यक्रमको कार्ययोजना तयार गरी निर्माण प्रकया अघि बढाइने, देशभित्रका स्वास्थ्य भवन अन्तर्गतका थप १० वटा रुग्ण आयोजनाहरुको व्यवस्थापन गरिने, शहरी सडक मापदण्ड लागु गराउने , शहरी सडकहरुमा समेत साईकल लेन व्यवस्थापन गर्नका लागि गठित प्राविधिक टोलीका सुझावहरुलाई कार्यान्वयनमा ल्याईने विषय कार्ययोजनामा उल्लेख छ ।
त्यस्तै शहरी विकाससम्वन्धी कानूनलाई संशोधन र एकीकरण तथा विकास निर्माणका कार्यमा दोहोरोपना भई सरकारी खर्चमा समेत बृद्धि भएकोले सो सम्वन्धी कानूनी व्यवस्था गर्न आवश्यक भएकोले बहुप्रतीक्षित शहरी विकास विधेयकका सम्वन्धमा विभिन्न निकायहरुबाट प्राप्त रायरसुझावहरु समावेश गरी संघीय संसदको आगामी अधिवेशनमा पेश गर्ने गरी तयार गरिन उल्लेख गरिएको छ ।
कार्ययोजनामा २०७२ सालको विनाशकारी भूकम्पको क्षतीलाई मध्यनजर गरी भूकम्पप्रतिरोधी भवनहरुको निर्माण गर्न भवन संहिता १०५ (एनबिसि) लाई परिमार्जन गरी कार्यान्वयनमा ल्याईएको छ । उक्त संहितालाई थप सरलीकरण गरी कार्यान्वयनलाई प्रभावकारी बनाइने उल्लेख छ ।
कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले मन्त्रालयले सार्वजनिक गरेको यो योजना हचुवाको नभै ब्यापक छलफल गरेर तयारी गरेको बताए । सचिव डा. सिहले सबै योजनालाई कार्यान्वयन गर्न कडाईका साथ अनुगमन गरिने उल्लेख गरे ।








प्रतिक्रिया