शुक्रबार, पुष ४, २०८२

रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

नेपालखोज २०७७ पुष १ गते ९:०८

मकवानपुर । हेटौँडा–नारायणगढ सडकखण्डको लोथर नजिकै गए राति रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका–१९ का ४० वर्षीय हरिशचन्द्र उप्रेती रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।

गए राति १०:३० बजेको समयमा सडकमै रोकिराखेको ना ८ ख ५३३७ नं ट्रकमा चितवनबाट हेटौँडातर्फ आउँदै गरेको वाग्मती प्रदेश ३०–३०–१ प ५१३१ नंको मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका उप्रेतीको उपचारका लागि चितवनको भरतपुर अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार मृतक उप्रेती मोटरसाइकल चालक हुन् ।

प्रतिक्रिया