सोमबार, वैशाख १५, २०८२

ओमान अमेरिका नेपालको त्रिकोणात्मक क्रिकेट सिरिज मार्चमा

नेपालखोज २०७७ पुष १ गते १४:२१

काठमाडौँ । आईसीसी विश्वकप लिग २ अन्तर्गत दोस्रो सिरिज २०२१ को मार्चमा हुने भएको छ।

आईसीसीले ओमान, अमेरिका र नेपालबीचको त्रिकोणात्मक सिरिज मार्च दोस्रो साता हुने जानकारी दिएको नेपाल क्रिकेट संघ(क्यान) अध्यक्ष चतुरबहादुर चन्दले बताए ।

यसअघि यो सिरिज जुनरजुलाईमा हुने तय थियो । तर, कोरोना भाइरसका कारण आईसीसीले सारेको थियो। यसअघि नेपालले विश्वकप लिग २ काठमाडौं, अमेरिका र ओमानसँग खेल्दै सुरु गरेको थियो।

जसमा नेपालले अमेरिकासँगका दुई खेल जितेको थियो भने ओमानसँग दुवै खेलमा हार व्येहोरेको थियो ।

प्रतिक्रिया